देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

देशान्तर

स्वास्थ्यमा समस्या आएपछि बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन् । उनका दाइ रणधीर कपुरका अनुसारलाई ऋषिलाई बुधबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको हो ।

क्यान्सरबाट पीडित उनलाई श्वासप्रश्वासको समस्या भएको र हाल उनको अवस्था स्थिर रहेको परिवारले जनाएका छन् ।

अमेरिकामा एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । गत फेब्रुअरीमा पनि स्वास्थ्यमा समस्या आएपछि उनलाई २ पटकसम्म अस्पताल भर्ना गरिएको थियो ।

अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्न थालिएको छ ।