पिएँ आफै मैले … (कविता)

  • 217
    Shares

गयाे हाँस्न्या बेला मकन त मिल्याे फत्तुर तिताे
भयाे कस्ताे आफ्नै मनमलिन -दम्भी र छरिताे
थिए काँढा जाेजाे निज पयरका फाल्दछु भनी
हिँडेकाे बाटाेमै धसिन म पुगेँ कण्टकमुनि ।।
(१)
अहाे ! कस्ताे गर्वाेन्नत विजयकाे श्रेय मतिरै
म बाेलेमा झुक्थे भुइँतल बसेका सब शिरै
तिखा टुक्का मेरा मुलुक हितका दर्शन थिए
विराेधी यद्वा हुन् सकल घरकै हुर्मत लिएँ ।।
(२)
कुनै शङ्का जालाे अलिकति नभाकाे क्षण थियाे
तिनै हुक्के-छाते कवच बलियाे ढाडस थियाे
बनून् माेटाघाटा अकुत धनले सम्मति दिएँ
भनून् जस्ले जेजे सुन र जल पानी छरिदिएँ ।।
(३)
यता केही द्राेही निकट कुलकै चार प्रहर
धरेका कुर्सीमा कलुषित मनाेल्लास रहर
उता भाेका भेडा किचकिच गरी आजित भयाे
चढ्याे पारा- वंशी स्वर न गुँजियाे बाँस न रह्याे ।।
(४)
सिधा अा‌ैँला नाैनी उपर करमा आउँछ कदा ?
स्वयं थालेँ टिक्ने नियम छटनी -शाेधन सदा
उता छाेपे मुर्गा प्रमथगणले फाेड्न महल
उचालेरै ल्याए तर पनि कहाँ टिक्छ र छल ?
(५

बिराएँ बाटाे त्याे सरल नबुझी मात-मदले
चिढाएँ अाफन्ती अबुझहरुकाे घात-पदले
बताऊँ याे गाथा कुन मुख लिई सर्व जनमा
परेँ अाफ्नै पासाे थकथक भएकाे छ मनमा ।।
(६)
खुल्याे नाैटङ्कीकाे झुर यवनिका स्वाट्ट सरर
मुखुन्डाे लाएकाे तन-वदन च्यात्त्याे धरधर
हिजाेसम्मन् कस्ताे रजगज कठै! आज पछिताे
पिएँ आफै मैले जहर किन त्याे लाग्दछ तिताे ?
(७)

**************
( छन्द : शिखरिणी )


  • 217
    Shares

Facebook Comments