देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेना कहर अमेरिकामा बढ्दाे मृत्यु हुनेको संख्या ५२ हजार कट्याे

देशान्तर

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार अमेरिकी नागरिकको मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या ५२ हजार २ सय १७ पुगेको छ । अमेरिकामा तीन महिनाको अवधीमा कोरोना संक्रमणवाट यति धेरैको संख्यामा मानिसको मृत्यु भएको हो ।

त्यहाँ फेब्रुअरी ६ मा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु भएको थियो । पछिल्लो केही हप्तादेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा अहिलेसम्म कम्तिमा १६ हजार ६ सय ४६ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा ९ लाख २५ हजार कोरोना संक्रमित भइसकेका छन ।

तर विश्वका अरू देशको आँकडाको तुलनामा अमेरिकामा कोरोनाका कारण हुने मृत्युदर कम रहेको छ । जनसंख्याको आधारमा स्पेन, इटली, फ्रान्स, बेल्जियम र बेलायतमा भन्दा अमेरिकामा मृत्युदर कम देखिएको हो । कोरोना संक्रमणबाट इटलीमा २५ हजार, स्पेनमा २२ हजार, फ्रान्समा २२ हजार, बेलायतमा १९ हजारभन्दा बढीको ज्यान गइसकेको छ । हालसम्म, विश्वभर संक्रमणबाट एक लाख ९७ हजार सात सय तीन जनाको मृत्यु भइसकेको छ । यस्तै संक्रमितको संख्या २८ लाख ४६ हजार नाघेको छ ।