काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । बिहीबार ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीया बालकमा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया