देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ध्रुवचन्द्र गौतमलाई बसुन्धराश्री र सरुभक्तलाई मानश्री

देशान्तर

यस वर्षको बसुन्धराश्री पुरस्कार डा. ध्रुवचन्द्र गौतमलाई र मानश्री पुरस्कार सरुभक्तलाई प्रदान गरिने भएको छ ।

वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानको आज बसेको बैठकले आधुनिक कथा, उपन्यास र नाटकहरुको सिर्जनाद्धारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरेवापत वरिष्ठ साहित्यकार गौतमलाई बसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी ७५ हजार रुपिंयासहित सम्मानपत्र छ ।

त्यसैगरी बैठकले आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्धारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेवापत सरुभक्तलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।पुरस्कारको राशी नगद ५० हजार रुपियाँसहित सम्मानपत्र रहेको छ ।