देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति कार्यालयले आफ्ना लागि सञ्चित कोषमा जम्मा गर्‍यो साढे नौ करोड

देशान्तर

काठमाडौं । राष्ट्रपतिको कार्यालयले आफ्ना लागि चालु आर्थिक वर्ष २०७६ । ०७७ मा विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटमध्येबाट रु नौ करोड ५० लाख नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विशेष परिस्थिति उत्पन्न भएकाले उक्त रकम सो कोषमा जम्मा हुने व्यवस्था गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत स्पष्ट गरेका छन् ।