दि रिभर ओभरसीज प्रा.लि.ले कोरोना भाइरस (कोभिड १९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोषमा ५ लाख १ हजार १ सय एकाउन्न रुपैयाँ सहयोग गरेको छ । सो रकम बुधबार राष्ट्रिय वाणिज्य बैंकमा रहेको उक्त कोषको खातामा प्रा.लि.का तर्फबाट जम्मा गरिएको हो ।
दि रिभर ओभरसीज प्रा.लि नेपालको वैदेशिक रोजगार क्षेत्रको अग्रणी संस्था हो । उक्त म्यानपावर कम्पनी केही वर्षयता निरन्तर रुपमा वैदेशिक रोजगारमा धेरै कामदार पठाउने संस्थाका रुपमा रहेको छ । प्रा.लि.का अध्यक्ष रघुनाथ पुरीले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरुलाई बल पु¥याउन उक्त सहयोग गरिएको जानकारी दिए ।
दि रिभर ओभरसीजले वैदेशिक रोजगारीका क्रममा अंगभंग हुने कामदारका आश्रित परिवार बालबच्चाको शिक्षा दिक्षाका लागि समेत विगतमा विभिन्न सहयोग गर्दै आएको छ ।
अध्यक्ष पुरीले विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा प्रभावितहरुको उपचारका लागि निजी क्षेत्रबाट समेत आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गरेको बताए ।
यसअघि दि रिभर ओभरसिज अध्यक्ष पुरी अध्यक्ष रहेको ‘द रिभर फाउन्डेशन’ले मोरङको बेलबारी नगरपालिकाको विपद व्यवस्थापन कोषलाई १ लाख १ हजार १ सय ५ रुपैयाँ सहयोग गरेको थियो ।
प्रतिक्रिया