देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड, पुँजीगत लाभकर विवादअन्त्य भयो

देशान्तर

काठमाडौ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ ।

ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ ।

यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ । यससँगै पुँजीगत लाभकर पावात २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको छ’ ठूला करदाता कार्यालयले भनेको छ ।