काठमाडौं । विश्वभर महामारीकै रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेकोको संख्या एक लाख ३ हजार २३४ पुगेको छ ।
१२ लाख २४ हजार २५१ जना कोरोना संक्रमण देखिएपछि उपचार गराइरहेका छन् । यसमध्ये चार प्रतिशत अर्थात ४९ हजार ८९२ जनाको अवस्था गम्भीर रहेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १८ हजार ८४९ जनाको ज्यान गएको छ भने अमेरिकामा १८ हजार ७६१ जनाको मृत्यु भइसकेको छ । स्पेनमा १६ हजार ८१ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया