विश्व महामारी कोरोना भाइरस कोभिड १९ को संक्रमण भारतमा पनि तीव्र बन्दै गएको छ। बिहीबार राति मात्रै त्यहाँ ३० जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुने बिरामीको संख्या १ सय ९९ पुगेको छ। यस्तै बिहीबार राति नै ५ सय ४७ जना नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। योसमेत गरे भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ हजार ४ सय १२ पुगेको छ।
साथै ५ सय संक्रमित भने उपचारपछि निको पनि भएका छन्।भारतमा कोरोनाको संक्रमण सबैभन्दा बढी महाराष्ट्र, तमिलनाडु र दिल्लीमा देखिएको छ। कोरोनाका कारण भारतमा सबैभन्दा बढी महाराष्ट्रमा मात्रै ९७ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया