देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा स्थिति झन् भयावह, एकैदिन १८ सय बढीले ज्यान गुमाए

देशान्तर

काठमाडौं । पछिल्लो समय कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा स्थिति झनै भयावह हुँदै गएको छ । बुधबार मात्रै त्यहाँ थप १ हजार ८ सय बढीको मृत्यु भएको छ ।

जोन हप्कीन्स विश्व विद्यालयको तथ्यांक अनुसार अमेरिकामा एकैदिन १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ । त्यहाँ थप २९ हजार ९ सय ३६ नयाँ बिरामी फेला परेका छन्। त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ३८ पुगेको छ ।

अमेरिका पछि स्पेनमा मृततको संख्या बढेको छ । स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ भने विगत २४ घण्टामा ७ सय ४७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या १ लाख ४८ हजार भन्दा माथि छ ।