देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महालक्ष्मी विकास बैंकद्वारा कोरोना कोषमा ५० लाख सहयोग

देशान्तर

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैकले संघीय सरकारलाई १२ लाख, प्रत्येक प्रदेश सरकारलाई ४ लाखका दरले २८ लाख र विभिन्न स्थानिय क्षेत्रहरुमा १० लाख सहयोग गर्ने भएको हो । बैंकले प्रदान गर्ने उक्त सहयोग केन्दी«य सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।