देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कन्सुलर सुलभ अग्रवाललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

देशान्तर

काठमाडौं । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले ज्वराे नाप्ने यन्त्र (थर्मल गन) काे कालाेबजारी गरेकाे आराेपमा पक्राउ परेका शंकर ग्रुपका संचालक तथा किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ।

महानगरीय अपराध महाशाखाकाे विशेष टाेलीले अग्रवाललाई मंगलबार ६७ थान थर्मल गनसहित पक्राउ गरेकाे थियाे। महाशाखाले प्रारम्भिक अनुसन्धानपछि उनलाई हिरासतमा राख्न काठमाडाैं परिसरमा पठाएकाे थियाे। परिसरले उनलाई बुधबार बिहान काठमाडाैं जिल्ला प्रशासनमा हाजिर गराएकाे हाे।

परिसरका डीएसपी हाेविन्द्र बाेगटीले अग्रवाल बिरूद्व कालाेबजारी ऐन अन्तर्गत अनुसन्धान म्याद लिएर कारबाही भइरहेकाे बताए। प्रहरीले अग्रवाललाई परिसरमा राखेर साेधपुछ थालेकाे छ। उनलाई मंगलबारकाे राति वृत्त दरबारमार्गमा राखिएकाे थियाे।

प्रहरीले ग्राहक भेषमा जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका संचालक समेत रहेका अग्रवाललाई थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा मंगलबार रंगेहात पक्राउ गरेको थियाे। उनले प्रयाेग गरेकाे कूटनीतिक नम्बर प्लेट भएकाे २०९–एचसीसी–१ नम्बर गाडीमा बेच्न ल्याएकाे कन्टेक कम्पनीको ६७ थान इन्फ्रारेड थर्माेमिटर बरामद गरेकाे थियाे। प्रहरीले गाडी समेत बरामद गरेकाे छ।

महानगरीय अपराध महाशाखाबाट सादा पाेशाकमा रहेका प्रहरीलाई अग्रवालले नै ठाउँ बदल्दै भेटेका थिए। प्रहरीले उनलाई उनकै कार्यालय नजिक रहेकाे नक्साल बालगृहबाट नियन्त्रणमा लिएकाे थियाे।

महानगरीय अपराध महाशाखालाई केही दिन अघि बजारमा चरम अभाव रहेको थर्मल गन बढी मूल्यमा बिक्री वितरण भइरहेको सूचनापछि अग्रवाल अनुसन्धानकाे दायरामा थिए।