देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनकाे आलाेचना

देशान्तर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ को आलोचना गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा उनले कोरोना भाइरसबाट उत्पन्न हुने खतराको सामनाका लागि पर्याप्त काम गर्न नसकेको आरोप डब्लुएचओमाथि लगाएका हुन ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै उनले डब्लुएचओलाई अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी समेत दिए । ट्रम्पले अमेरिकामा अहिले फैलिएको भाइरसको महामारीका लागि डब्लुएचओले आफूलाई दिएको गलत सूचना पनि कारक रहेको बताए ।

ट्रम्प प्रशासनमाथि कोरोना भाइरसको संक्रमण रोक्का लागि पर्याप्त प्रयास गर्न नसकेको आरोप लागिरहेको बेला उनले त्यसको कारण डब्लुएचओ भएको बताएका हुन । राष्ट्रपति ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको आरोप लगाए ।।