देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंकहरुले बैशाखदेखि ऋणको र निक्षेपको ब्याजदर घटाउने

देशान्तर

काठमाडौं । बैंकहरुले ऋणको ब्याज घटाउने तथा निक्षेपको ब्याजदर पनि तल झार्ने सहमति गरेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण कर्जा प्रवाहमा कमी आउन थालेपछि बैंकहरुले यस्तो निर्णय गरेका हुन् । साथै, वित्तीय प्रणालीलाई संकटबाट जोगाउन पनि यसले सहयोग पुग्ने बैंकरहरुले जनाएका छन ।

नेपाल बैंकर्स संघले वैशाख १ गतेबाट आधार दर घटाउने निर्णय गरेको छ । आधार दरमा केही प्रतिशतले प्रिमियम थप गर्दै बैंकहरुले ऋण प्रवाह गर्ने छन भने आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि घट्ने छ ।

बैंकहरुले आधार दर कम गराउने हुँदा ब्याजदर पनि स्वतः तल झर्ने छ । अब व्यक्तिगत मुद्दति, संस्थागत मुद्दति र बचतको ब्याज दर घट्ने नेपाल बैंकर्स संघले जनाएको छ । बैंकहरुले व्यक्तिगत मुद्दतिको ब्याजदर धेरैमा ८ दशमलव ७ पाँच प्रतिशतमा झार्ने जनाइएको छ ।

त्यसैगरी, संस्थागतको ८ दशमलव ५ प्रतिशत हुने छ । त्यस्तै बचतको ब्याज ५ दशमलव ५ प्रतिशतमा झार्ने सहमति भएको संघले जनाएको छ ।