देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महामारीकै बीच अमेरिकाामा डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव

देशान्तर

म्याडिसन (अमेरिका) । संयुक्तराज्य अमेरिकाको विस्कन्सन राज्यमा कोरोनाभाइरसको महामारीकै बीच मंगलबार डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव हुने भएको छ ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विस्कन्सन राज्यमा चुनाव हुन लागेको हो । पार्टीले राज्यमा घरभित्रै बस्नेगरी आमजनतालाई जारी गरेको राज्यको आदेशलाई बेवास्ता गरी मतदानमा भाग लिन पार्टीका सदस्यहरुलाई आग्रह गरेको छ ।

राज्यका चुनावी स्थलको सुरक्षा भने नेसनल गार्डले गर्ने व्यवस्था मिलाइएको छ किनभने चुनावमा खटिएका हजारौं कार्यकर्ताले आफ्नो व्यक्तिगत सुरक्षामा खतरा भन्दै सहभागी हुन अस्वीकार गरिदिएका छन् । केही दर्जन मतदान स्थलहरु बन्द गरिएका छन्, तर खुला गरिएक केन्द्रहरुमा बिहान ७ बजेदेखि नै मतदान हुनेछ ।

चुनावी परिणाम भने मंगलबार नै घोषणा गरिने छैन । पूर्व निर्धारित मितिमै चुनाव गर्ने वा रोक्ने विषयमा अदालतमा मुद्दा समेत परेको थियो । अदालतले चुनाव पूर्व निर्धारित मितिमै गर्ने तर चुनावी नतिजा आगामी अप्रिल १३ यता घोषणा गर्न नपाइने आदेश दिएको थियो । जनस्वास्थ्यको कुरा उठाउँदै गभर्नरले राज्यमा चुनाव स्थगित गर्न आदेश दिए पनि सर्वोच्च अदालतले अन्तिम समयमा चुनाव रोक्न नपर्ने आदेश दिएको थियो ।

चुनावी मैदानमा सिनेटर बर्नी स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेन रहनु भएको छ । धेरै राज्यमा बाइडेनले चुनाव जित्नु भए पनि स्यान्डर्सले आफ्नो उम्मेदवारी परित्याग गर्नु भएको छैन । चुनावमा विजयी हुनेले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

जो बाइडेनले विस्कन्सन राज्यको चुनावमा आफू विजयी हुने र अन्तिम नतिजा पनि आफ्नै पक्षमा आउने बताउनु भएको छ । उनले बर्नी स्यान्डर्सको विजय हुने सम्भावना टर्दै गएको पनि दाबी गरे ।

विस्कन्सन राज्यमा सोमबार रातिसम्ममा २ हजार ५०० भन्दा बढीमा कोरोनाभाइरसको संक्रमण भइसकेको र ७७ जनाको मृत्यु भइसेकेको छ । भाइरस संक्रमण रोक्न राज्यका गभर्नरले मानिसलाई घरबाहिर ननिस्कन र बाहिर निस्कनु परे सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।