देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश २ मा ११९ को नमूना सङ्कलन, १०३ को रिपोर्ट ‘नेगेटिभ’

देशान्तर

जनकपुरधाम । प्रदेश नं. २ मा मङ्गलबारसम्म कोरोना भाइस सङ्क्रमणको आशङ्कामा ११९ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । सङ्कलितमध्ये १०३ को जाँचको नतिजा आएको प्रदेश समाजिक विकास मन्त्रालयद्वारा मंगलबार आयोजित कार्यक्रममा जानकारी दिइयो । मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार १०३ जनाकै नतिजा नेगेटिभ छ भने १६ जनाको नतिजा आउन बाँकी छ ।

उनले नमूना सङ्कलन र परिणामलाई तीव्रता दिन क्षमता विस्तारका लागि प्रयास भइरहेको बताए । सचिव घिमिरेले आशङ्का गरिएकाको स्वाबको नमूना सङ्कलनको गति र क्षमता बढाउन सरकारले गृहकार्य गरिरहेको छ भन्दै यसमा सङ्घीय सरकारबाट सहयोग आश्वासन प्राप्त भएको बताए ।