देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरूद्धको लडाइँ लड्न जापानले गर्‍यो संकटकालको घोषणा

देशान्तर

टोकियो । कोरोनाविरूद्धको लडाइँ लड्नको लागि जापानी प्रधानमन्त्री सिन्जो आबेले एक महिनाका लागि आफ्ना सात प्रान्तमा संकटकालको घोषणा गरेका छन् ।

मंगलबार उनले टोकियो, कानागावा, चिवा, ओसाका, ह्योगो र फुकुओकामा संकटकालको घोषणा गरेका हुन् । उनले संकटकालको घोषणा गरे पनि लकडाउन भने नगर्ने बताएका छन् ।

‘हामीले संकटकालको घोषणा गरे पनि ती सहरहरूमा लकडाउन गर्दैनौं र मलाई लाग्दैन कि त्यो आवश्यक छ’, आबेले भने , ‘हामी सकेसम्म आर्थिक गतिविधि कायम राख्नुका साथै भाइरसको फैलावट रोक्ने प्रयासलाई अगाडि बढाउनेछौं ।’

साथै प्रधानमन्त्री आबेले देशको अर्थतन्त्र उकास्नका लागि १०८ ट्रिलियन येनको प्याकेज स्वीकृत गरिसकेका छन् । जापानमा कोरोनाभाइरसको संक्रमणबाट ७३ जनाको मृत्यु भइसकेको छ भने ३५ सय भन्दा बढी संक्रमित छन् ।