देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुबईमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु, ११ संक्रमित

देशान्तर

काठमाडौं । दुबईमा कोरोना भाइरस संक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय नेपाली महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

ती महिला रुपन्देहीको देवदह-६ की रहेको जनाइएको छ । पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी उनी कार्यरत घरमै मृत अवस्थामा फेला परेकी थिइन् । पछि अस्पताल लग्दा अस्पतालले शुक्रबार नै मृत घोषणा गरेको थियो ।

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन आफन्तलाई उपलब्ध गराएको हो । उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन् ।

आवुधावीस्थित नेपाली दूतावासले यसको पुष्टि गरेको छ । दूतावासका अनुसार यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म ११ जना पुगेको छ । तीमध्येदुई जनालाई निको भइसकेको छ ।