देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेना महामारी : बेलायती प्रधानमन्त्री जोनसनलाई आईसीयूमा सारियो

देशान्तर

कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ ।

आइतबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि उनलाई आईसीयूमा सारिएको उनको कार्यालय टेन डाउनिङ स्ट्रिटले जानकारी दिएको छ । ५५ वर्षीय जोनसनले आइतबार साँझ आफू नियमित परीक्षणका क्रममा अस्पताल भर्ना भएको र सबै एकजुट भएर लडेमा कोरोना भाइरसविरुद्धको लडाइँमा सफलता हात पार्ने विश्वास दिलाएका थिए ।

तर सोमबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि पनि भने सबै अचम्मित परेका छन् । सेन्ट थोमस अस्पतालमा भर्ना हुनुभन्दा पहिले उनले घरबाटै प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्दै आएका थिए । आइतबार अस्पताल भर्ना भएसँगै भने उनले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार बेलायती राष्ट्रिय स्वास्थ्य सेवाका चिकित्सकहरु जोनसनको उपचारमा खटिएका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ११ दिनअघि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
बेलायतमा म‌ंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ५ हजारभन्दा बढीको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी संक्रमित भएका छन् ।