देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल लाइफ इन्सुरेन्सद्वारा कोरोना रोकथामका लागि एक करोड सहयोग

देशान्तर

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु एक करोड सहयोग गरेको छ ।

नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घईले सोमबार रु एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । सो अवसरमा नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष सङ्घईले आफूहरु सरकार र आमनागरिकसँग एक भई यस महामारीविरुद्ध लड्न र सङ्क्रमण फैलिन नदिन प्रतिबद्ध रहेको बताए ।