देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपचारपछि कनिका कपुर अस्पतालबाट डिस्चार्ज

देशान्तर

काठमाडौं । बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना भाइरसबाट संक्रमित कनिका उपचारपछि सोमबार बिहान डिस्चार्ज भएकी हुन् ।

दुई साताको उपचारपछि उनलाई उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पताले सोमबार बिहान डिस्चार्ज गरेको हो । अस्पतालले उनलाई १४ दिनसम्म घरमै क्वारेटाइनमा बस्न सल्लाह दिएको छ ।

गायिका कनिकालाई मार्च २० मा अस्पतालमा भर्ना गरिएको थियो । लखनउकै किङ जर्ज मेडिकल कलेजले कोरोना संक्रमणको पुष्टि गरेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

सोमबार लगातार दोस्रोपटक रिपोर्ट नेगेटिभ देखिएपछि कनिकालाई अस्पतालले डिस्चार्ज गरेको जनाइएको छ ।