काठमाडौं । शिवम् सिमेन्ट्सले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनका लागि १० वटा आइसोलेशन वार्ड बनाउन आर्थिक सहयोग गरेको छ ।
कम्पनीले आफ्नो सामाजिक उत्तर दायित्व वहन गर्दै मकवानपुरस्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिसँगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण गरेको हो।
यसका साथै कम्पनीले मकवानपुर गढी गाउँपालिकामा १० बेडको क्वारेन्टाइन बनाउनसमेत आर्थिक सहयोग उपलब्ध गराएको कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ ।
लक डाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पिडित हुने र दैनिक हात मुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका परिवारको दैनिकी सहज भन्नका लागि खाद्यान्न वितरण गरिएको उद्योगका प्रमुख नवलकिशोर चौधरीले बताए।
प्रतिक्रिया