देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत मात्रै : एडीबी

देशान्तर

काठमाडौँ । सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा झर्ने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । यो वृद्धिदर सरकारले गरेको अनुमानभन्दा ३.२ प्रतिशत कम हो ।

सरकारले यो वर्ष ८.५ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो ।विश्वव्यापी  रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सरकारले गरेको लकडाउनले उद्योगधन्दा र व्यवसाय प्रभावित बनेको र वैदेशिक कामदारबाट आउने रेमिट्यान्ससमेत घट्ने भएकाले आर्थिक वृद्धिमा कमी आउने एडीबीको प्रक्षेपण छ ।

विशेषगरी धानसहित कृषिजन्य वस्तुको उत्पादनमा आउने कमीका कारण पनि आर्थिक वृद्धि प्रभावित हुने एडीबीको म्याक्रोइकोनोमिक अपडेटमा भनिएको छ । सन् २०२१ मा भने नेपालको आर्थिक वृद्धिदर बढेर ६.४ प्रतिशत हुने एडीबीको भनाइ छ । सन् २०२० मा मुद्रास्फीति ६ प्रतिशत बढ्ने एडीबीको अनुमान छ । यो अघिल्लो वर्ष रहेको ४.६ प्रतिशतभन्दा १.४ प्रतिशत बढी हो ।