देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण, रिर्पोट नेगेटिभ

देशान्तर

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक गरिएको राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिए । उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तिब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए ।

फिचिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको जानकारी दिए । कोरोनाभाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको बताए ।

यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो । कोरोनाभाइरसको कारण अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।