देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रवासको बन्द कोठाबाट नेपाली छोरा रमेशको मार्मीक पत्र

देशान्तर

प्रिय नेपाल आमा तिम्रो तस्बिर छातिमा टाँसेर सम्झँदै
म परदेशि छोराको तर्फबाट शिर निहुँराएर ढोग छ !

कहाँ बाट सुरु गरौं यि भाबनाहरु नेपाल आमा म र म जस्ता हजारौं नेपाली आज बन्द कोठामा सिमित रहेको २५ औं दिन भयो । एक दिन र आजको दिन मात्रै हैन हरपल आफ्नो माटोलाई सम्झेर मातृभुमिलाई सम्झेर रुनु शिवाय पददेशीको के नै हुन्छ र रु अझै धेरै दिन हुने छ यो बन्द कोठामा समय कटाउने उकुसमुकुस समयलाई पार लगाउने ।
कोभिड १९ अर्थात कोरोना भाईरसले गर्दा बिश्व समुदाय त्रसित हुँदा हामी बिर नेपाली भनेर मात्रै त्रसित नहुने कुरै भएन । आज बिश्व कामिरहेको छ आमा । त्यहि बिर नेपाली आज नेपाल आमाको पिडामा रोईरहेको छ यता भनौं प्रदेशिको मुटु त घरी घरी घर परिवार को चिन्ता ले धड्किदै रोकिन खोज्छ । बाहिरका रंगिन संसार पनि आज सुनसान छ ।
यहाँ मात्रै हैन बिश्वभरका नेपालीहरुको काम ठप्प छ काम गर्ने साउने पाखुरा बजारुन जेल सम्म मात्र हो नत्र यहाँ कसैले केछ कसो छ भनेर पनि सोधेको छैन आमा १ म आफै आफ्नो माटोलाई सम्झेर यो पत्र लेख्दैछु र सोध्दैछु सन्चै छौ १नेपाल आमा १ हाम्रा नेपालीहरुलाई बचाई देउ है । हाम्रो पशुपतिनाथको देश भिमेश्बरको देश र भनौं भगवानै भगवान भएको देश । यिनै भगवानहरुको आसामा हामी यहाँ नेपाल आमा बाँच्नेछिन् भन्दै भरोसामा बाँचिरहेका छौं ।
तर मलाई मेरी आफ्नी घरकी आमाले दिनमा तीन पटक फोन गरेर सोध्नु हुन्छ बाबू कस्तो छ १ म हासेर भन्छु आमा ठिक छु १ तर म खुला जेलको बन्द कोटामा छु भनेर भन्दिन मेरी आमालाई र नेपाल आमालाई पनि यो भन्न सरिहेको छैन मलाई दुख छ भनेर ।
म मलेशिया को खाडिमा छु । यस्तै खाडिमा म जस्तै लाखौं श्रमिक छ्न ।जो अहिले यो कोरिना को उच्च जोखिममा छन् र त्यस माथी पनि अधिकांस अबैधानिक छन् र सेक्रेटरी गार्डमा आबद्ध छ्न जो सबैभन्दा उच्च जोखिममा नै पर्छन् । अनि मलाई यिनै साथिहरुको चिन्ता लाग्छ । मेरो देश प्रतीको माया र नेता प्रतिको चरित्र देखेर म आफ्नो फेसबुकमा आक्रोश पोख्छु तर कसले सुन्छ हामि प्रबासिले बन्द कोठाबाट लेखेको फोस्रा कुरा । हामी खाडिमा हुने नेपालिले पठाएको रेमिटान्स ले देश चल्यो । देश को अर्थतन्त्रमा टेवा पुग्यो त आज त्यहि खाडिमा बिचल्लीमा परेका उच्च जोखिममा परेर हार गुहार माग्दै गर्दा कसैले सुनेन नेपाल आमा १ हाम्रा कुरा । देश दुखिरहेको छ । हो १हामीलाई थाहा छ । तर शाषकहरुलाई नदुख्दा हाम्रा रगत र पसिनाहरु उम्लिएर आउछन् ।

चिनमा आफ्नै देशबाट लाखौ रकम लिएर बाहिरीएका विद्यार्थी तुरुन्त सुरक्षित आफ्नो देश ल्याईयो । तर खोइ हामी श्रमिकहरुलाई नेपाल पर्काएको यहिँ बिबेद भएन र रुनेपाली नागरिकता बोकर श्रम गरेर खाने नेपाली चाँहि नेपाली नै हैन र रु यो प्रश्न कसलाइ गरौं
फेरि ध्यान भारतबाट आफ्नै बोडरमा आएर हारगुहार मागेका नेपाली लाई सम्झिए । त्यहि ढोकामा आएका ढोका ढक्ढक्याएका नेपालिलाई आफ्नै रगत र नेपाल आमाले ब्यवस्था गर्न सकेन भने हामि सात समुन्द्र पारी छौँ, चित्त बुझाएँ ।

हाम्रो त भाग्य नै यस्तै रहेछ । फेरि नेपाल सरकार सम्झिएँ उत यो आपत्ति लाई अवसर सम्झेर भष्ट्रचार मा बेस्त छ कसले गर्छ उद्दार संघर्ष आफै भित्र छ १ मनलाई कठोर बनाइ दिनभरि सुतेको फेरि रातभरि सुत्नु नै छ । ज्यान जहाँ भए पनि मन त नेपाली हो मेरो कोइ नेपाली दाजुभाइ दिदिबहिनीलाई केहि नहोस् प्राथना गरे अनि कोल्टे फेर्दै गर्दा फेरि घरबाट मेरी आमा को फोन आयो । बाबू के खायौं । मैले खाए आमा चिन्ता नगर्नुस भने आमा सुक्क गर्नु भयो । सायद आमाले मेरो भोको पेट सम्झेर या भनौ थाहा पाएर रुनु भयको होला मैले आमालाई सम्झाएँ । आमा चिन्ता लिनु पर्दै हामीलाई केहि भईहाल्यो भने सरकार छँदैछनि । बाबु चिन्ता नगर है भोकै नबस है भन्नुभयो ।

मेरी आमा र नेपाल आमाको पिडामा सयौं आमा परिवार र सन्तान को बिछोडमा आँसु झार्दै छ्न । सरकार बिपत्तिमा परेका सबैको उद्दार गर १ नागरिक सबै समान हुन । सम्बन्धित देश को दूतावासलाई ध्यानाकर्षण गर । हामी बाँचे परदेशिको पैसाले देश बाँच्छ । मर्नु परे हामीलाई आफ्नै माटोमा मर्न मन छ । प्यारि नेपाल आमा नेपालका नेता र नेपाल सरकारलाई हामी हाम्रो माटोमा मर्न बाताबरण मिलाउने बुद्धि देउ है । यस्तै सम्झदा सम्झदा दिन र रात कटाउँदै छु रात र दिन उस्तै भएको छ यहाँ । अन्तमा खाडिमा बसेर धेरै बोल्यो नभन्नु है नेपाल आमा म बाधयताले यो लेख्दै छु ।

उहि परदेशि छोरो रमेश बस्नेत दोलखा
हाल मलेसिया