देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब हेटौँडामा पनि कोरोना परीक्षण

देशान्तर

हेटौडा । वागमती प्रदेशको राजधानी हेटौँडामा पनि अब कोरोना भाइरसलगायत अन्य परीक्षण गर्न सकिने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा रहेका उपकरणलाई आज (विहीबार) प्राविधिक जनशक्तिले परीक्षण शुरु गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोनालगायत विभिन्न प्रकारका जाँच गर्नका लागि पठाइएका सामग्रीको सफल परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताए । उक्त प्रयोगशाला तत्काल सञ्चालन गर्ने प्रक्रियाका लागि संघीय सरकारले दुई जना प्राविधिक खटाएको सामाजिक मन्त्रालयले जनाएको छ ।

यसअघि आइशोलेसनमा रहेका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु पठाउने गरेकामा अब हेटौँडामै परीक्षण गरिने सो मन्त्रालयले जनाएको छ ।