काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमको बुधबार बसेको सञ्चालनक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो । अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।
कोरोना भाइरसका कारण अन्तराष्ट्रिय बजारमा कच्च तेलमा आएको भारी गिरावटका कारण मूल्य घटेको हो ।
घटेको मूल्य आज राति (बुधबार) १२ः०० बजेदेखि लागू हुनेछ । निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु ९६ तोकेको छ । हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु ७५ तोकेको छ ।
यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ ।
प्रतिक्रिया