देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाको महामारीमा यौन सम्पर्क कति खतरनाक ?

देशान्तर

एजेन्सी । संसारभरी यतिबेला सामाजिक दूरी र सेल्फ आइसोलेशनको चर्चा छ । यस्तोमा यौन सम्बन्ध राख्नु ठिक हो कि होइन भन्ने प्रश्न उठ्नु अस्वभाविक होइन । मानिसहरुमा कोरोना भाइरसको महामारीले यौन सम्बन्धमा कस्तो असर पारिरहेको छ भन्ने बारेमा जिज्ञासा उठ्न सक्छ ।

वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसबाट हुने कोभिड १९ को संक्रमण यौन सम्पर्कको माध्यमबाट भएको भन्ने अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन । तर हामी सबैलाई पहिलेदेखि नै थाहा छ कोरोनाको संक्रमण कुनै संक्रमित व्यक्तिसँग सीधा सम्पर्क गर्दा हुन सक्छ ।

बेलायतको युनिभर्सिटी अफ इष्ट एंगलियामा मेडिसिन विभागका विज्ञ प्राध्यापक पल हंटर यतिबेला यौन सम्बन्धलाई लिएर बेलायती सरकारले जारी गरेका एडभाइजरीको अर्थ खोज्न लागिपरेका छन् । प्राध्यापक पल हंटर भन्छन् यदी तपाई र तपाईको पार्टनरमा कोरोना भाइरसको संक्रमणको कुनै लक्षण छैन भने यौन सम्पर्कबाट बच्नुको कुनै तुक छैन । तर दुई मध्ये कसैको पनि स्वास्थ्य खराब छ वा दुई मध्ये कोही पनि जोखिमकोको स्थितीमा छ भने कुनैपनि प्रकारको निकटताबाट बच्नु नै श्रेयष्कर हुन्छ ।
(बीबीसी)