देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी संकटमा, दूतावासलाई सक्रिय हुन एनएडीएफको ज्ञापनपत्र

देशान्तर

सिड्नी । अस्ट्रेलियामा रहेका नेपालीहरुको संगठन ‘नेप्लीज अस्ट्रेलियन डेमोक्रेटिक फोरम’ (एनएडिएफ)ले कोरोना भाइरसको माहामारी पछि उत्पन्न संकटका कारण पीडित बनेका अस्ट्रेलियाका नेपाली विद्यार्थी र प्रवासी नेपालीहरुको हकहित र कल्याणमा तत्काल सक्रिया हुन अस्ट्रेलियास्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

एनएडिएफका सभापति सुरेन्द्र सापकोटाले सोमबार अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई ज्ञापनपत्र बुझाउँदै संकटमा परेका नेपालीहरुको हकहित र कल्याणमा दूतावासलाई सक्रिया हुन आग्रह गरेका हुन् ।

ज्ञापनपत्रमा दुतावासको काम, कर्तब्य र जिम्मेवारी अनुसार नेपाली विद्यार्थी र प्रवासी नपोलीहरुको हकहित र कल्याणमा दुताबास तत्काल सकृय हुनुपर्ने र नेपाल सरकारको प्रतिनिधित्व गर्दैसम्पूर्ण नपोलीहरुको विश्वास र भरासो कायम राख्न आग्रह गरिएको छ ।

एनएडिएफको ज्ञापनपत्रमा दुतावासले एनआरएनए लगायत सम्पूर्ण संघसंस्थाहरुलाई परिचालन गरि विधार्थीेहरुको सुचना सकंलन गर्ने, विश्लेषण गर्ने र आवश्यक राहत उपलब्ध गराउने कार्य तत्काल सुरु गर्नुपर्ने माग माग गरिएको छ । यसका निम्ति एनआरएनए, एनएडिएफ लगायतका सम्पूर्ण संघसंस्थाहरु दुतावाससंग सहकार्य गर्न तयार रहेको पनि जनाइएको छ ।
साथै विधार्थीको स्वास्थ्य, सुरक्षा र आर्थिक सुविधाको पक्षमा स्थानिय सरकार र निकायसंग यथाशिघ्र लविंग सुरु गर्न दूतावासलाई आग्रह गरिएको छ ।

‘हामीलाई विश्वास छ, दुतावासको सक्रिय र इमान्दार प्रयासले कोाभिड– १९ को महामारी पछि उत्पन्न विभिन्न समस्यावाट प्रत्यक्ष र परोक्ष रुपमा पिडित बनेका नेपाली विद्यार्थीहरुलाई ठूलो राहत मिल्नेछ’, ज्ञापनपत्रमा उल्लेख छ ।

कोभिड–१९ का कारण दैनिक जनजीवन थप कष्टकर र दयनिय वन्दै गएको सन्दर्भमा अष्ट्रेलियन सरकारले मानव स्वास्थ्यको रक्षाको निम्ति चालेको कदम र त्यसवाट पर्ने आर्थिक प्रभाव न्यून गर्न थपु्रै आर्थिक राहतका कार्यक्रमहरु अघि सारेपनि त्यसले अध्ययनको क्रममा अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रीय (नेपाली) विद्यार्थीहरुलाई सहयोग नपुग्ने एनएडिएफले जनाएको छ । अझ भर्खरै मात्र नेपालवाट आएका बिद्यार्थीहरुको दैनिकी झनै कष्टकर बन्दै गएको र बेरोजगारी र आर्थिक समस्याले उनिहरुमा विस्तारै मानसिक समस्या सृजना हुन सक्नेखत्तरा बढ्दै गएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

अहिले गरै आबासीय नेपाली सघं अष्ट्रेलिया (एनआरएनए)को अग्रसरतामा भर्खरै आएका विद्यार्थीहरुलाई तत्काल केही राहत बाढ्ने काम सुरु भएपनि आर्थिक संकट दिनानुिदन बढ्दै जाने हुदा एनआरएनएको प्रयास मात्र पर्याप्त नहुने भन्दै यस कठिन घडीमा नेपाल सरकारका तर्फबाट दूतावासले विद्यार्थीहरुको स्वास्थ्य, सुरक्षा र आर्थिक सहयोगका लागि प्रभावकारी रुपमा अग्रसर हुन नसकेको आभाष भएको एनएडिएफले जनाएको छ ।

अष्ट्रेलियाको लागि नेपाल विद्यार्थीहरुको प्रमुख श्रोत भएका कारण यदि नेपाली दतुावासले अष्ट्रेलियन फेडरल र स्टेट सरकारलाई घचघचाउन सक्यो भने अन्यौल र त्रासको अवस्थामा रहेका नेपाली विद्यार्थीहरुले उचित राहत पाउन सक्ने भएकाले यस कार्यमा दूतावासले पहल गर्नुपर्ने एनएडीएफको माग छ ।

‘नेपाल सरकारलेसमेत्त विदेश स्थित दुतावासहरुले नेपालीहरुको गासवासको निम्ति सक्दोप्रयास गर्न निर्देशन दिदै आर्थिक श्रोत उपलब्ध गराउनेप्रतिवद्धता जनाएको छ, तर दुतावास मौन बस्नु र अहिले सम्म स्पष्टसंग अगाडी आउन नसक्नु दुखद हो’, ज्ञापनपत्रमा भनिएको छ, ‘अहिलेको मानवीय विपत्तीमा दुतावासले एनआरएनए र अन्य सामाजिक संस्थाको मुख मात्र ताकेर वस्नु शर्मनाक हुनेछ । दुतावासले आफनो क्षमता र साधन श्रोतसहित सम्पूर्ण नेपाली समुदाय र संघसंस्थाहरु परिचालन गरि नेतृत्वदायी भूिमकामा सकृय हुनुजरुरी छ । दुतावासले सवैले देखिने र महसुस गर्ने गरि नेपाल सरकारकोतर्फवाट सवैलाई जगाउने र राहत दिनेकार्य गरोस् भन्ने हाम्रो अनुरोध हो ।’