देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आई लभ रक एन्ड रोलका गायक एलन मेरिलको कोरोनाले निधन

देशान्तर

एजेन्सी । चर्चित गीत ‘आई लभ रक एन्ड रोल’ का रचनाकार तथा गायक, लेखक, संगीतकार तथा कलाकार एलन मेरिलको कोरोना संक्रमणकै कारण निधन भएको छ ।

६९ वर्षीय उनको आइतबार न्युयोर्कमा निधन भएको हो । उनको निधनको जानकारी दिँदै मेरिलकी छोरी लोरा मेरिलले सामाजिक संजालमा भावुक स्ट्याटस लेखेकी छिन् ।

“कोरोना भाइरसले आज बिहान मेरो बुबालाई लगे । लग्नुअघि मेरो बुबालाई अन्तिम बिदाइ दिन मलाई २ मिनेट समय दिइयो । उनी शान्त देखिन्थे ।” एलन मेरिल ‘एरोज’ ब्यान्डका सदस्य पनि थिए ।