काठमाडौं । नागरिक लगानी कोष ९सीआइटी० ले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कोषको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
साथै, सञ्चालक समितिका अध्यक्ष एवं सदस्यहरुले प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे सरह दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम उपलब्ध गराउने निर्णय भएको नागरिक लगानी कोषका प्रवक्ता उद्धव सिलवालले बताए ।
प्रतिक्रिया