देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउनमा फेसबुकबाट बालबालिकालाई कथा सुनाउँदै ‘स्टोरी टाइम इन नेपाल’

देशान्तर

काठमाडौं । कथालय प्रकाशन गृहले बालबालिका लक्षित फेसबुक लाइभ कथा वाचन गरिरहेको छ । कथालयले ‘स्टोरी टाइम इन नेपाल’नामक फेसबुक पेजबाट ११ चैत्रदेखि हरेक दिन लाईभ गर्दै आईरहेको हो ।

बालबालिकाको लागि साहित्यकार, लेखकले दिउँसोको तीन बजे र पत्रकार तथा कलाकारहरुले हरेक दिन साढे तीन बजे कथा वाचन गरिरहेका छन् । बन्दाबन्दीको समयमा बालबालिकालाई घरमा बस्न दिक्क नहोस् भनेर फेसबुक लाईभ कथा वाचन शुरु गरिएको कथालयका प्रमुखकार्यकारी अधिकृत राजीबधर जोशीले बताए ।

फेसबुक लाईभलाई तीनदेखि चार हजार जनाले नियमित हेरिरहेको उनले बताए । कथालयले कोरोना भाइरस (कोभिड १९)को महामारीबाट बच्नको लागि गरिएको बन्दाबन्दीमा बालबालिकालाई केही समय मनोरन्जन दिनको लागि लाईभ गरि रहेको छ । प्रमुख जोशीले कथालयले आफ्नो सामाजिक उत्तरदायीत्व निभाईरहेको बताए ।

फेसबुक लाईभ नेपालभरका र देश बाहिर हङकङ, बेलायत, अस्ट्रेलियाका बालबालिकाहरुले समेत हेरिरहेको छन् । ‘स्टोरी टाइम इन नेपाल’ को फेसबुक पेजबाट बालबालिकाहरुले बन्दाबन्दीको समयावधिभर अर्थात २५चैत्रसम्म विभिन्न व्यक्तिहरुबाट कथा सुन्न सक्नेछन् ।

यो सातदिनको अवधिमा नौ जना साहित्यकार, लेखक, पत्रकार, कलाकारहरुबाट बालबालिकाहरुले कथा सुनिसकेका छन् ।