देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआईसी एशियाद्वारा ज्याला मजदुरी गर्ने परिवारलाई पाँच लाख बराबरको खाद्यान्न सहयोग

देशान्तर

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देश लकडाउनमा भएको बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एनआईसी एशिया बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई एनआईसीले नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो।

आइतबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई थोरै भए पनि राहत मिल्ने विश्वास लिएको छ।