देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अक्षय कुमारले भारत सरकारलाई कोरोनासँग लड्न २५ करोड सहयोग दिए

देशान्तर

एजेन्सी । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरससँग लड्न विभिन्न व्यक्तिहरुले आफ्नो आफ्नो क्षेत्रमा हरसम्भव सहयोग गरिरहेका छन् ।

यसैबीच बलिउड अभिनेता अक्षय कुमारले पनि कोरोना भाइरसको क्षति न्यूनीकरण गर्न भारत सरकारलाई आर्थिक सहयोग गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत भारत सरकारले जारी गरेको ‘प्रधानमन्त्रि नरेन्द्र नागरिक सहायता एवं आपात स्थिति राहत कोष’मा २५ करोड भारु सहयोग गर्ने घोषणा गरेका हुन् ।

सरकारले चालेको कदमलाई समर्थन गर्दै अक्षय सहित अन्य बलिउड कलाकार र साउथ कलाकारहरुले पनि सहयोग गरेका छन् तर अहिलेसम्म अक्षयले गरेको सहयोग रकम सबैभन्दा ठुलो रहेको छ ।