नयाँदिल्ली, १६ चैत । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । भारतमा हिजो मात्रै थप चार जनाको मृत्यु भएको हो ।
एकै दिन थप एक सय जना संक्रमित थपिएका छन । योसँगै संक्रमित हुनेको संख्या ९ सय ८७ पुगेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा बढी मुम्बईमा ६ जनाको मृत्यु भएको छ । तिमध्ये एकजना चिकित्सक समेत छन । शनिबार गुजरात र तेलंगानामा संक्रमणबाट एक–एक जनाको मृत्यु भएको छ ।
संक्रमण भारतको कर्नाटक र नयाँ दिल्ली, महाराष्ट्र, पञ्जाव, बिहार र गुजरात लगायत प्राय सबै प्रदेशमा देखिएको छ ।
संक्रमितमध्ये ८४ जना निको भएर घर फर्किएका छन् । भारतमा कोरोना भाइरस नियन्त्रण बाहिर गए विश्वभर नै अर्को ठुलो भयावह स्थिति आउने चेतावनी विज्ञले दिदै आएका छन ।
प्रतिक्रिया