कोरोना भाइरस (कोभिड १९) बाट दुई सय मुलुक प्रभावित भएका छन् । डिसेम्बर महिनामा चीनबाट सुरु भएको कोरोना भाइरस १९९ मुलुक लगायत दुई वटा क्रुज समेतमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संक्रमित देशको संख्या संयुक्त राष्ट्र संघका सदस्य मुलुकभन्दा बढी रहेको छ । राष्ट्र संघमा १९३ मुलुक सदस्य छन्।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ हजार ३ सय ५९ पुगेको छ भने ५ लाख ९७ हजार १८५ जना संक्रमित भएको छन भने १लाख ३३हजार ३६० निको भएर घर फर्र्कीएको विश्व स्वस्थ्य संगठनले जनाएको छ । भाइरसको खोपको खोजि भने त्रिब्र गतिमा भइरहेको जनाइएको छ । विश्व स्वास्थ्य संगठन ले स्वास्थ्य संकटकाल को घोषणा समेत गरिसकेको छ ।
प्रतिक्रिया