देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छक्का पञ्जा–३ डिसहोममा

देशान्तर

काठमाडाैँ । दर्शकद्वारा अत्याधिक रुचाइएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिसहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको कम्पनीले जनाएको छ ।

ग्राहकहरूको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तीन वर्षदेखि सिनेमाघर १०८ सञ्चालन गर्दै आएको डिसहोमले केही समय अगाडि सिनेमाघर ८८८ पनि सञ्चालनमा ल्याएको भन्दै कम्पनीले यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गरेको जनाएको छ ।

डिसहोमले सञ्चालनमा ल्याएको सिनेमाघरमा सिनेमा हलको पहुँच नभएका दूरदराजका ग्राहकहरूले छानिछानी नयाँ–नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने पनि जनाएको छ ।