देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोबाइल सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन- रिचार्जमा शतप्रतिशत बोनस देउ र सापटी रकम २ सय रुपैयाँ पुर्याउ

देशान्तर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिजार्चमा शतप्रतिशत बोनस र सापटी रकम २ सय रुपैयाँ पुर्याउन निर्देशन दिएको छ।

मंगलबार प्राधिकरण सञ्चालकहरूको आकस्मिक बसेको बैठकले यस्तो निर्णय गरेको हो।

सञ्चालकहरुको अनलाइन बैठक बसेको थियो। बैठकले मोबाइल सेवा प्रलादायकहरुलाई कारोना जोखिम न्युनीकरणका लागि भन्दै सरकारले लक डाउन गरेको बेला रिजार्चमा शत प्रतिशत बोनस र साप्टी रकम २ सय रुपैयाँ दिने निर्देशन दिएको प्राधिकरण प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए।

उनका अनुसार साप्टी रकममा सेवा प्रदायकले कुनै प्रकारको थप रुकम र ब्यजा पनि लिन पाउने छैनन्।

यसैगरी १ सय रुपैयाँ रिजार्च गर्दा सय रुपैयाँ नै बोनस गर्नु पर्ने निर्देशन दिएको अर्यालले जानकारी दिए।

यसैगरी बैठकले सेवा प्रदायकदले अहिले सञ्चालन गरी रहेको सेवा बाहेक कुनै एक सेवा पनि ग्राहकलाई थप आर्थिक भार नपर्ने गरी सञ्चालन गर्न पाउने सुविधा दिने निर्णय गरेको अर्यालले बताए।