देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिड्नी ग्याङफाइटमा घाइते भएका नेपाली युवकको मृत्यु

देशान्तर

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली युवाहरुको दुई समूहबीचको झड्पमा घाइते भएका एक नेपाली युवाको मंगलबार मृत्यु भएको छ । चार वर्ष अघि विद्यार्थीको रुपमा सिड्नी आएका अमित कार्कीको मृत्यु भएको हो ।

सिड्नीस्थित एक बारमा नेपाली युवाहरुको दुई समूहबीच भएको झड्पमा घाइते भएका कार्कीलाई शनिबार विहान कोग्राकको सेन्ट जर्ज हस्पिटलमा भर्ना गरिएको थियो । नेपाली बारभित्र दुई समूहबीच झड्प भएपछि त्यहा रहेका सुरक्षाकर्मीहरुले उनीहरुलाई बाहिर निकालेका थिए । तर बाहिर आएपछि पनि उनीहरुबीच सडकमै झड्प भएको थियो ।

उक्त झड्पमा सामेल भएका कर्की फुटपाथबाट तीन मिटर तल रेल्वे परेडमा खसेका थिए । उनलाई तुन्तै आपतकालिन सेवाले अस्पताल पुर्याएको थियो । उक्त झड्पमा अर्का एक नेपाली युवक पनि घाइते भएको र उनी अहिले खतरामुक्त भएको प्रहरीले जनाएको छ ।

यसैबीच उक्त झड्पमा सामेल अन्य युवाहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ ।
एनआरएनए अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।