प्रिमियर लिग फुटबल सुचारु गर्नेबारे एक सातापछि बैठक बस्ने


काठमाडौं । कोरोना भाईरसको कारण स्थगित इन्ग्लिश प्रिमियर लिग फुटबल पुन: सुचारु गर्ने बिषयमा छलफल गर्न एकसातापछि बैठक बस्ने भएको छ ।

स्काई स्पोर्ट्सका अनुसार लिग पुन: सुचारुका लागि अप्रिल ३ मा बैठक बोलाईएको छ । बैठकमा २० क्लबको सहभागिता रहनेछ ।

कोरोनाको कारण विश्वको खेलकुद तालिका अस्तव्यस्त बनेका बेला  प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित गरिएको छ ।

बैठकले लिगको नयाँ मिति तोक्ने बताईएको छ । यस सिजनको बाँकी लिग खेल जुन १ बाट सुरु गर्ने तयारी भईरहेको बुझिएको छ ।


Facebook Comments