देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साहित्यकार डिपी भण्डारीको निधन

देशान्तर

साहित्यकार डा. डिपी भण्डारीको निधन भएको छ । बौद्धक लेखक र प्राध्यापकको रुपमा चर्चित रहेका भण्डारीको शनिबार दिउँसो साँढे ११ बजे काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।

सन् १९३६ मा डोटीको निरौला गाउँमा जन्मिएका भण्डारीले चार दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । भण्डारी केही वर्षयता विस्मृतिको समस्यामा थिए । उनको ‘मृगस्थली’ नामक निबन्धसंग्रह प्रकाशित छ ।