देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको बिबाह

देशान्तर

नेपाली चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री आँचल शर्माले विवाह गरेकी छिन । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छन् । बिहीवार उनले प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । बुढानिलकण्ठस्थितमा रहेको होटल पार्क भिलेजमा हिन्दू परम्पराअनुसार आँचल र उदिपले विवाह गरेका हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो ।

अभिनेत्री आँचल शर्माले आफ्नो विवाहको तस्विरहरु इन्स्टाग्राम सार्वजनिक गरेकी छिन् । उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदिपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु साझेदार गरेकी छन् । तस्विरमा उनलाई कतै भावुक त कतै खुसी मुद्रामा देख्न सकिन्छ । उदिपले बरमाला लगाउँदै गर्दा उनी निकै उत्साहित देखिएकी छिन् ।

गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए । बिहीवार अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम खाएका हुन । उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन् ।

२ बर्ष पहिले उदिपसँग आँचलको फेसबुकको माध्यमबाट चिनजान भएको हो । अभिनेत्री आँचल शर्माले नाँइ नभन्नु ल ४ ,जोनी जेन्टलम्यान , शत्रु गते , दाल भात तरकारी , ब्ल्याक आदि चलचित्रमा अभिनय गरेकी छिन ।