देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाको कारण अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’को प्रदर्शन मिति सर्‍यो

देशान्तर

विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) ले यसलाई विश्वव्यापी महामारीको घोषणा गरिसकेको छ ।

कोरोना भाइरसको असर भारतीय फिल्म उद्योगमा पनि परिसकेको छ, कैयांँ फिल्मको छायाँकन तथा प्रदर्शनको मिति पछाडि धकेलिएका छन् । अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ यही मार्च २४ मा रिलिज हुने भनिएको थियो । तर यस फिल्मलाई पनि कोरोना भाइरसको असर परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको प्रदर्शन मिति पछाडि धकेलिने बताइएको छ ।

फिल्मका निर्देशक रोहित शेट्टी, अभिनेता अक्षय कुमार र निर्माता करण जोहरले रिलायन्स इन्टरटेनमेन्ट फिल्मको प्रदर्शन मिति सार्ने विषयमा बैठक बसेर छलफल गरिसकेका छन् । फिल्मको ट्रेलर यही मार्च २ मा सार्वजनिक गरिएको थियो । यस फिल्मको पहिलो गित रिलिज पनि कोरोनाकै कारण स्थगित गरिएको छ ।

प्राप्त खबरहरुका अनुसार ‘सूर्यवंशी’को टिमले अर्को महिनासम्मको लागि फिल्म प्रदर्शन स्थगित गर्ने बताइएको छ ।

अक्षय कुमार तथा कट्रिना केफको मुख्य भूमिका रहने यस फिल्ममा अभिनेता अजय देवगन तथा रणवीर सिंहको पनि अतिथि भूमिका रहेको छ । यसैकारण दर्शकहरु फिल्म हेर्न निकै उत्साहित थिए । तर कोरोना भाइरसका कारण दर्शकहरु हलसम्म जान चुनौती हुने अनुमान गरिएको थियो ।

अब फिल्म ‘सूर्यवंशी’ कहिले प्रदर्शन हुन्छ भन्ने बारेमा आधिकारिक घोषणा गरिएको छैन ।