काठमाडौं, २९ फागुन । भारत सरकारले कोरोन भाइरसको प्रकोप बढेसँगै विदेशी नागरिकलाई भिसा नदिने भएको छ । शुक्रबारदेखि लागू हुने यो नियमले राजनीतिक, अधिकारकर्मी र संयुक्त राष्ट्रसंघका बाहेक अरु सबै विदेशी नागरिकलाई भारत प्रवेशमा रोक लगाउने गरि भिसा रद्द गरेको छ ।
अहिलेलाई यो नियम १५ अप्रिलसम्म लागू हुने छ । चीन, इरान र इटलीमा कोरोनाले महामारी मच्चाएको छ । भारतीय सरकारले सूचना नै जारी गरि नागरिकलाई आवश्यक नभए विदेश नजान पनि भनेको छ ।
यदि कुनै ठाउँको यात्रा गरेर आएको हो भने कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि भनेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गर्दै स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
भारतमा अहिलेसम्म ६० जना कोरोना संक्रमित देखिएका छन् । यस्तै भारतसँग नेपालको खुला सिमा रहेकाले यसमा पनि चेकजाँचमा कडाई गर्ने निर्णय गरेको छ । सिमा सुरक्षाबलले नाकामा कडाई गर्ने जनाइएको छ ।
प्रतिक्रिया