देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित, संचार सेवामा अबरुद्ध

देशान्तर

लगातारको हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लाको नाम्खा र सिमकोट गाउँपालिकासहित जिल्लाको उत्तरी क्षेत्रमा शुक्रबार रातिदेखि लगातार हिमपात भइरहेको छ ।

हिमपातका कारण स्थानीय बासिन्दा बाहिर निस्कन सकेका छैनन् । चिसो अत्याधिक बढेको छ भने हवाई सेवा बन्द भएको छ । रातिदेखि नै हुम्लामा विद्युत सेवा बन्द भएको छ भने मोबाइल फोनले काम गरेको छैन ।

इन्टरनेट सेवा पनि हिमपातका कारण अवरुद्ध भएको छ । तर हिमपातका कारण किसान भने खुशी भएका छन् । स्याउका बिरुवा रोप्ने बेला भएको तथा अरु बालीका लागि जमिन जोत्ने बेला भएकाले किसान हिमपातका कारण खुशी भएका हुन् ।