देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. गाेविन्द केसी डडेलधुरा अस्पतालमा

देशान्तर

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा। गोविन्द केसी मंगलबार डडेलधुरा आइपुगेको खबर सुन्नेबित्तिकै सदरमुकामका व्यवसायी, सामाजिक अगुवा र सञ्चारकर्मी भेट्न डडेलधुरा अस्पताल पुगे । गत कात्तिकमा डडेलधुरा अस्पतालनजिकै नौ दिनसम्म अनशन बसेका डा। केसीको यस पटक पनि त्यस्तै केही योजना हुनुपर्छ भन्ने उनीहरूको अनुमान थियो ।

पटक–पटक सत्याग्रह गर्दै आएका प्रा।डा। केसीलाई भेटेपछि सबैका अनुमान फेल खाए । उनले यस पटक आफू सर्वसाधारणको स्वास्थ्योपचारको सेवामा सघाउन आइपुगेको बताए । ‘म यस पटक निःशुल्क उपचार सेवा दिन आएको हुँ,’ उनले भने, ‘दुई महिनासम्म डडेलधुरा अस्पतालमा बसेर बिरामीको निःशुल्क सेवा गर्छु ।’

कुनै पनि प्रकारको सुविधा नलिई अस्पतालमा स्वयंसेवकका रूपमा काम गर्ने उनले बताए । सरकारी सेवावाट निवृत्त भएपछि पहिलो पटक डडेलधुरा अस्पतालमार्फत यस क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्न आएको सुनाएका उनले काम थालिसकेका छन् ।

‘म भाग्यमानी हुँ, अस्पताल पुग्नेबित्तिकै विशेषज्ञ डा। गोविन्द केसीबाट उपचार पाएँ,’ उपचारका लागि बैतडीको तल्लो स्वराडबाट डडेलधुरा अस्पताल आइपुगेका हरिसिंह ऐडीले भने, ‘सधैंभरि यसरी नै विशेषज्ञ चिकित्सकबाट डडेलधुरामै उपचार पाउने दिन कहिले आउला रु’ डडेलधुरामा प्रारम्भिक जाँचपछि थप उपचार गर्न जिल्ला बाहिर जान हिँडेका ऐडी डा। केसीबाट जाँच गराएपछि घर फर्किए । उनले भने, ‘सामान्य जाँच गरेर अस्पतालका डाक्टरले धनगढी रिफर गर्ने गरेका थिए, योपल्ट भने त्यसो भएन ।’ ऐडी मात्र होइन मंगलबार र बुधबार अस्पताल आएका धेरै बिरामीले डा। केसीबाट आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।

आइपुगेकै दिनदेखि अस्पतालमा हाडजोर्नी विशेषज्ञ डा। योगेश आमात्यसँगै मिलेर सेवा दिन सुरु गरेका केसीलाई भेट्दा बिरामी खुसी छन् । केसीले गत कात्तिक १८ गतेदेखि नौ दिनसम्म अस्पताल नजिकै एउटा कोठा भाडामा लिएर चिकित्सा क्षेत्र सुधारका माग राख्दै १७ औं अनशन गरेका थिए । लिम्पियाधुरा र कालापानीमा भारतले भूभाग मिचेको समस्याले ठूलो रूप लिएपछि माग सुनुवाइ नहुँदै उनले त्यसबेला स्थगित गरेका थिए । सुदूरपश्चिमका सात पहाडी जिल्लाका स्वास्थ्य संस्थामा सामान्य उपचार सेवासमेत नभएको उनले गुनासो गरेका थिए । यस पटक पनि उनी अस्पताल नजिकै कोठा भाडामा लिएर बसेका छन् ।

डा। केसीले यस पटक भने पुनः अनशन बस्नेरनबस्ने विषयमा खुलेर बोल्न चाहेनन् । ‘अनशन बस्नेरनबस्ने विषयमा म पछि कुरा गरुँला । अहिले उपचारका लागि मात्र आएको हुँ,’ उनले भने, ‘यदि अर्को अनशन सुरु भयो भने डडेलधुराबाटै हुन सक्छ ।’ डा। केसी उपचार सेवा दिन डडेलधुरा आइपुगेको खबर पाएपछि बुधबारदेखि डडेलधुरा अस्पतालमा बिरामी आउने क्रम बढेको छ । डडेलधुरा, बैतडी, डोटी, बझाङ र दार्चुलाबाट बिरामी आउन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । कान्तिपुरमा खबर छ।