देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेरोजगारीलाई चुनौती दिदै ‘इन्भाइटो’

देशान्तर

काठमाडौं । नेपालको प्रमुख समस्याको रुपमा बेरोजगारीलाई लिने गरिन्छ । सिप र योग्यता हुनेहरुले पनि सेवाग्राहीको पहिचान गर्न नसक्दा बेरोजगारीको समस्या झन् टिठ लाग्दो हुँदै गएको छ । एकातिर सेवाग्राही दक्ष जनशक्तिको खोजीमा भौतारिनु परिरहेको छ भने अर्कोतिर दक्ष जनशक्तिले पनि सेवाग्राही नभेट्ने, भेटेपनि आफ्नो श्रमको उचित ज्याला प्राप्त गर्न नसक्ने जस्ता समस्या व्याप्त छ । यही आवश्यकताको बोध गरी युवा उद्यमी अनिल थापाले ‘इन्भाइटो’ नामक एपको विकास गरिरहेका छन्, जसको मद्दतबाट सेवा प्रदायक र सेवाग्राही दुबैले सेवा लिन सक्छन् ।

इन्भाइटो नामक एक यतिबेला विकासकै चरणमा छ । थापा अहिले इन्भाइटो विकासको लागि ‘फन्ड रेजिङ’को काम गरिरहेका छन् । क्वाटी ग्रुपले इन्भाइटोको लागि ‘फन्ड रेजिङ’को काम गरिरहेको छ । यसबाट उठ्ने सम्पूर्ण रकम ‘इन्भाइटो’ एपको निर्माणमा खर्च गरिनेछ, जसले नेपाली समुदायमा रोजगारीको लागि दक्ष जनशक्तिले भौतारिनुपर्ने समस्याबाट निकै हदसम्म मुक्ति पाउनेछन् । यसैगरी इन्भाइटोको लागि सहयोगी हातहरुले समेत यसबाट विशेष छुटसहितको सेवा प्राप्त गर्न सक्नेछन् ।

नेपाली बजारमा विश्वासिलो सेवा प्रदायकहरू पाउन मुस्किल नै छ । फोटोग्राफर बोलाउने कुरामा होस् या राम्रोसँग कपाल काट्ने कुरै किन नहोस्, व्यावसायिक व्यक्तिहरू पाउन हम्मेहम्मे पर्छ । सानासाना कामकै लागि पनि धेरै सास्ती पाउनु पर्ने अवस्था छ । तर इन्भाइटोको प्रयोगले मानिसलाई कुनै पनि प्रकारको व्यावसायिक सेवा चाहिएमा त्यसका लागि सम्बन्धित व्यक्ति वा संस्थालाई जोड्न सकिन्छ । इन्भाइटोले सेवा लिने र दिनेलाई एकै ठाउँ भेटाउने काम गर्दछ । मोबाइलमा क्लिक गरेकै भरमा सेवा प्राप्तिका लागि इन्भाइटोमा दर्ता गर्न सकिन्छ । साथमा, सेवा प्रदायक र सेवाग्राहीलाई भेट गराउने पुलको काम गर्ने इन्भाइटोमा विश्वासिलो, गुणस्तरीय एवम् व्यावसायिक सेवा खोज्न सकिन्छ जसका विकल्पहरू पनि सँगसँगै भेटिन्छ । इन्भाइटोले आफ्ना प्रयोगकर्तालाई विभिन्न चरणमा प्रवेश गराई सेवा प्राप्तिका लागि दर्ता गराउँदछ । सेवाग्राहीले सम्पूर्ण विवरण पेस गरेपछि आफ्नो ठेगाना वा स्थान चयन गर्न सक्दछन् । यस लगत्तै, एपले उक्त ठेगानामा रहेका सेवाग्राहीले चाहे अनुरूपका व्यवसायीहरूको सूची प्रस्तुत गर्दछ जसबाट एकलाई चयन गरी आफूले चाहेको काम गराउन सक्छन् । यो साँच्चिकै सहज छ । चाहे तपाईं आफ्नो घर रंग्याउने सोच्नुहोस् या नङ बनाउने सोच्नुहोस्, इन्भाइटोले तपाईंलाई सही ठाउँमा पुग्न तुरुन्तै मार्ग निर्देशन गर्दछ । विश्वसनीय ढंगले व्यावसायिक काम गरिरहेकाहरूलाई मात्र इन्भाइटो एपमा सूचीकृत गरिएको छ जसलाई प्रयोगकर्ताले चयन गर्न सक्दछन् ।

इन्भाइटोको प्रमुख आकर्षण भन्नु नै उसको कार्यक्षमता हो । यस एपले सेवा प्रदायकहरूको प्रशस्त विकल्प प्रदान गर्दछ । कुनै जानकारी नभएको ठाउँ या व्यक्तिबाट सेवा लिनुभन्दा कैयौं गुणा बढी विश्वासिलो ढंगमा इन्भाइटोबाट सेवा प्राप्त गर्न सकिन्छ ।
इन्भाइटोले केवल तीन चरणमा सेवाग्राहीको समस्याको समाधान गर्न सक्छ । चाहिएको सेवाबारे योजना बनाउने, उपयुक्त सेवा प्रदायक चयन गर्ने र सेवा उपभोग गर्ने यसका तीनवटा मुख्य कामहरू हुन् । सेवा प्रदान गर्ने एप भएकाले पनि इन्भाइटोले प्रयोगकर्तालाई उच्चस्तरीय एवम् सहज सेवा प्रदान गरेको छ । यसैकारण, थापा र उनको टोलीले आफ्नो सेवामा मुख्य प्राथमिकतामा प्रयोगमा सहजतालाई दिएको छ । यसको निर्माण टोलीले पनि सुक्ष्म ढंगले एपको विकास गरेको अनिल बताउँछन् । अनिलका अनुसार प्रयोगकर्ताले सेवा प्रदायकलाई वास्तविक ठेगानाबाट वा परिमार्जित ठेगानाबाट सेवाका लागि दर्ता गर्न सक्नेछन् । साना व्यवसायहरूले आफ्नो प्रचार सामग्रीहरू प्रस्तुत गर्न मिल्ने व्यवस्था पनि इन्भाइटोमा रहेको छ । साथै, ठेगानाकै आधारमा नजिको सेवाग्राही र सेवाप्रदायकलाई यो एपले छिटो भेट गराउँछ ।

कतिपयलाई नेपाल राष्ट्र बैंकको हालसालै प्रकाशित सूचनाले अन्योलमा पारेको होला । हालसालै राष्ट्र बैंकले प्रकाशित गरेको सूचनाले धेरैको ध्यानाकर्षण गरेको छ । उक्त सूचनामा बैंकले प्रस्ट रूपमा अन्य राष्ट्रसँग कुनै पनि इन्टरनेट माध्यममा विज्ञापन गर्न रकम लिने र दिने कार्य कानुन विपरीत रहेको उल्लेख गरेको छ । यसअन्तर्गत सामाजिक सञ्जालमा विज्ञापनका लागि गरिने खर्च पनि पर्दछ ।

त्यसो भए, यो सूचनाका आधारमा इन्भाइटोमा विज्ञापन गर्दा समस्या पर्छ होला त ? तर अनिल प्रयोगकर्तालाई ढुक्क हुन आग्रह गर्दै समस्या नपर्ने बताउँछन् । यो स्वदेशी एप भएकोले इन्भाइटोमा विज्ञापन सामग्री प्रस्तुत गर्न चिन्ता लिनु नपर्ने उनको भनाइ छ । आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्दै धेरै मानिसमम्म पुग्न यो एप सहयोगी रहन्छ जुन पूर्ण रूपमा कानुनी भएको उनले बताए । सेवा लिने र दिनेलाई जोड्ने मात्र नभई इन्भाइटोको अर्को पनि उद्देश्य रहेको छ । यसले धेरै व्यवसायीलाई आफ्नो व्यवसायबारे जानकारी गराउने मौकासमेत दिएको छ । व्यवसायीलाई नयाँ ग्राहकसँग सम्पर्कमा आउन इन्भाइटो फलदायी रहनेछ । यसकारण यो सेवा लिने र दिनेलाई समान जित दिलाउने एप हो ।