देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आकर्षक भाषणको लागि ध्यान दिनुपर्ने कुराहरु

देशान्तर

भनिन्छ “बोल्नेको भुस पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन” हो त्यस्तै संसारमा केही कुरा पाउनु छ भने बोल्नु पर्दछ र बोल्दा खेरी विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

आफ्ना विचार भावना तथा दृष्टिकोणहरुलाई निर्भिकताका साथ क्रमबद्ध, स्पष्ट, एवं मनोरञ्जनात्मक तरिकाबाट बोलेर धेरै भन्दा धेरै व्यक्तिहरु समक्ष सन्देश पु¥याउने र अरुलाई आफ्नो विषयप्रति प्रेरित गर्नसक्ने क्षमातालाई भाषण भनिन्छ । भाषणका पनि विभिन्न परिकारहरु हुन्छन : आकष्मिक भाषण, लिखित भाषण, स्पर्धात्मक भाषण, सार्वजनिक समारोहिय भाषण । यि भाषणहरुको आफ्नै शैली हुन्छ ।

भाषण गर्दाखेरी विशेष ध्यान दिनुपर्ने कुरा भनेको भ्रम हो । यदि तपाईलाई भ्रम छ भने भाषण गर्न सकिदैन । बोल्नको लागि योग्यता चाहिदैन, बोलीमा दम हुनुपर्छ । बोल्नेहरुमात्र विद्वान हुन्छन् भन्ने भ्रमबाट पनि मुक्त हुनुपर्दछ । भाषण त राजनीति गर्ने मान्छेले मात्र गर्दछन् भन्ने जस्ता थुप्रै भ्रमहरु हुन सक्नछन्, यि भम्रमहरुलाई हामीले मनबाट हटाउनु जरुरी छ । भाषण गर्दाखेरी दर्शक श्रोताहरुको अपेक्षा र आवश्यकता बोध गर्ने गरी शारीरिक हाउभाउ समेत उत्तिकै हुनु जरुरी देखिन्छ ।

भाषिक शुद्धता, आवजमा उतार चढाव, शब्द चयन, आवाजमा दम, विषयवस्तुसँग मेल खाने उदाहरणहरु, समय व्यवस्थापन जस्ता महत्वपूर्ण कुराहरुमा विशेष ध्यान दिनुपर्दछ । यदि तपाईहरु पनि भाषण तथा उद्घोषण कसरी सिक्ने भन्ने सोचमा हुनुहुन्छ भने शंकर प्रधान “सौर्य” द्वारा लिखित “भाषण तथा उद्घोणकला” नामक पुस्तक बजारमा उपलब्ध छ ।

जम्मा १ सय ८४ पृष्ठको यो पस्तक १४ वटा पाठमा विभाजन गरेर भाषणकलाई सहज बनाउने तत्वहरुको व्याख्या गरिएको छ । यो पुस्तक अध्ययन गरेपछि भाषण तथा उद्घोषणमा हुने त्रुटिहरुको अन्त्य गर्न सकिने लेखकको विश्वास छ ।