देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति

देशान्तर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले शनिवार संविधान संशोधन गर्न गृहकार्य गर्ने कार्यदल गठन गरी गोप्य राखे पनि संयोजक माधव कुमार नेपालले दुई सदस्यलाई बोलाएर बैठक गरेका छन् ।

कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा नेपालको कोटेश्वरस्थित घरमा सोमवार बिहान छलफल गर्न पुगेका थिए ।

सत्तारूढ नेकपाका संसदीय दलका उपनेता नेम्वाङले संविधान संशोधन व्यक्तिगत विषय नभएको बताएका छन् । उनले सोमवार कार्यदलको बैठक नभई अनौपचारिक छलफल भएकाले अब त्यसमा सहभागी भएको बताए । राजधानी दैनिकमा खबर छ ।